नेभिगेशन
सबै कुरा

धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति (भिडियाेसहित )

कैलाली । धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ ।


Dish Home
Global Ime Bank

प्रहरीका अनुसार शुक्रबार राती १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा  विद्युत सर्ट भई आगलागी भएको  हो ।  भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ ।

त्यस्तै  मधुमाला देवी सप, सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेज र भण्डारी सु –सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा पनि आगालागीबाट क्षति भएको प्रहरीले जनाएको छ । 

आगो निभाउन धनगढी–उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवन निकुञ्जमा ३० वटा गाेप्य क्यामेरा

चितवन निकुञ्जमा ३० वटा गाेप्य क्यामेरा

निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३०  स्पाई  क्यामेरा जडान गरिएको उनले बताए । यी क्यामेरा गोप्य रूपमा राखिएको छ ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय...
देशभर मनसुनी वायुको प्रभावः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा...