नेभिगेशन
समाज

टिकटकमा नेपो बेबीज ट्रेण्डः नेताका छोराछोरीको ‘हाइफाइ लाइफ’को स्रोतमाथि प्रश्न

‘हामीले मःम खाँदा अचारमा बार्गेनिङ गर्नुपर्छ तर नेताका छोराछोरी इटालीयन पिज्जा खान्छन्’

काठमाडौँ । सामाजिक सञ्जालमा सक्रिय जेनजि पुस्ताका युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टिकटकमा बुधबार देखि सुरु भएको ‘नेप्पो बेबीज ट्रेण्ड’ले नेताका छोराछोरीको मोज मस्ती खुलासा (एक्सपोज्ड) गर्ने भन्दै विभिन्न अभियान चलाईरहेको छ । 

Ncell
Extreme Energy

‘कहाँ गयो हामीले तिरेको कर ?’ ,‘हामीले तिरेको करमा नेता र उच्च पदस्थका छोराछोरीको मोज’ जस्ता शीर्षकको खुला अभियानले २३ गते सोमबारका लागि देशव्यापी आन्दोलन घोषणा गरेको टिकटकमा भेटिएको छ । 

टिकटकमा व्यापक गराइएको सो ट्रेण्डका युजरले युवाहरूलाई यो अन्तिम पटक भन्दै सोमबार बिहान ९ बजे काठमाडौँको बानेश्वर र पोखराको सभागृह चोक अघि भेला हुन आह्वान गरेको छ । 

जनताले दुःख गरेर तिरेको करमा पुराना नेता र उच्च पदस्थले भ्रष्टाचार गरेर आफ्ना छोराछोरीलाई उच्च गुणस्तरीय जीवनयापन गराई रहेको भन्दै त्यसको खुलासा गर्न नयाँ ट्रेन्ड चलाइएको टिकटकमा देखिन्छ ।
 
सिधाकुराले फेला पारेको एक अभियानमा ‘हामीले मःम खाँदा अचारमा बार्गेनिङ गर्नु पर्छ तर नेताका छोराछोरी इटालीलियन पिज्जा खान्छन् ! अब सहन सक्दैनौ अन्तिम पटक जागौँ’ भन्दै  पोष्ट गरिएको छ ।
 
अर्को एक पोष्टमा ‘हामीले लगाउने लुगामा २०० प्रतिशत कर लगाउने अनि कर नेता छोराछोरीले खाने भन्दै अब बोल्नु पर्ने बेला आएको’ उल्लेख गरिएको छ । टिकटकमा व्यापक बनाइएको उक्त ट्रेन्डमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर, जयवीरकी श्रीमती, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीहरू विरुद्ध धेरै पोष्ट गरिएको देखिएको छ ।

यस्तै, समाजवादी पार्टीका नेता विरोध खतिवडा र उनकी छोरी एवम् पूर्व मिस नेपाल शृङ्खला खतिवडाविरुद्ध पनि ब्यापक आलोचनासहितको पोस्टहरू टिकटकमा गरिएको भेटिएको छ ।
 
यस्तै, केपी ओली सरकारको भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा सरकारले जनताको मुख बन्द गराउन सामाजिक सञ्जाल बन्द गराउन लागेको भन्दै एक भएर जेनजी पुस्ता उभिनुपर्ने माग पनि टिकटकमा गरिएको छ ।
 
टिकटका एमाले नेताहरू महेश बस्नेतको छोरीको विवाह, एमालेकै अर्का नेता एकनाथ ढकालकी छोरीको व्यक्तिगत घुमघामको तस्विर पनि प्रयोग गर्दै त्यसलाई भ्रष्टाचारसँग जोडिएको छ । 

यि सबै पोष्टहरुमा उनीहरुको उच्च गुणस्तरको जीवनयपनलाई नेपालको गरिबी र दुःखको कारण भन्दै  भ्रष्टाचार विरुद्धको अभियान भनेर चर्चा गरिएको छ । तर, यसरी पोष्ट भएका एकाउण्टहरु थोरै जसो विदेशमा रहेका नेपाली, केही नेपालमै रहेका युवा पुस्ता र केही छद्म नामका देखिएका छन् । 

इन्डोनेसियामा पनि सरकार विरुद्ध यस्तै ट्रेण्डबाट सुरु भएको विद्रोह सफल भएको भन्दै त्यो नेपालमा पनि सम्भव भएको भन्दै पोष्टहरु पनि टिकटकमा उल्लेख गरिएको छ । जेनजीको सो आन्दोलन र ट्रेण्डबारे भने प्रहरीले अनविज्ञता जनाएको छ । प्रहरी प्रवक्त्ता डिआइजी विनोद घिमिरेले पनि यसबारे आफुलाई जानकारी नभएको बताए । प्रहरीको साईबर ब्यूरोले पनि यस विषयमा अनविज्ञता प्रकट गरेको छ । ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थिले पनि सो विषयमा जानकारी नभएको बताए ।

के हो ‘नेपो किड’ अथवा ‘नेपो बेबी’ 

‘नेपो किड’, वा ‘नेपो बेबी’, एक सेलिब्रेटी वा सार्वजनिक व्यक्तित्वको बच्चालाई सम्बोधन गरिने शब्द हो । यसले ति व्यक्तिहरुलाई बुझाउँछ जसले आफ्नो परिवारको प्रसिद्धि र सम्बन्धको फाइदा उठाएर समान वा सम्बन्धित क्षेत्रमा सफलता प्राप्त गरेका छन् । ‘नेपो’ शब्द नातावादको संक्षिप्त रूप हो, जसले जागिर वा अन्य सुविधाहरूको लागि परिवारका सदस्यहरूलाई पक्षपात गर्ने अनुचित अभ्यासलाई जनाउँछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन...
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

गत हप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका थिए । उनीहरूले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम...
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

प्रहरीसँग सम्बन्धित १० हजार ९७५ वटा गुनासो दर्ता भएका छन् । त्यसपछि नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित पाँच हजार ४५, गृह मन्त्रालयसँग सम्बन्धित तीन हजार १२८, एकीकृत डाटा व्यवस्थापन...

भर्खरै