नेभिगेशन
समाज

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

काठमाडौँ । भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले काठमाडौँमा सभ्य प्रदर्शन गर्ने तयारी गरेका छन् । सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते सोमबार काठमाडौँको माइतीघरमा पहिलो प्रदर्शन गर्न लागेका हुन् । जेन-जी पुस्ता भनेको सन् १९९७ देखि २०१२ को जन्मिएको पुस्ता हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । सरकारले अन्य सामाजिक सञ्जाल बन्द गरेपछि टिकटकबाट यो अभियान चर्किएको छ । सरकारले फेसबुक ट्विटर, युट्युब लगायतका सञ्जाल बन्द गरे पनि विभिन्न माध्यमबाट चलाएर सरकारको निर्णयको प्रतिकार मात्रै गरेका छैनन्, यसका विरुद्ध सडकमै उत्रिँदै छन् । 

Ncell
Extreme Energy

साथै अन्य एपहरूमा समूह बनाएर प्रदर्शनको तयारी गरिरहेका छन् । उनीहरूले पुस्तक बोकेर सडकमा ओर्लिने तयारी गरेका छन् । नेपो वेब अभियान सक्रिय एक सदस्यका अनुसार १० हजार बढी युवा स्वतस्पुर्थ सहभागी हुने देखिएको छ । उनले भने, 'कुनै एक व्यक्ती वा समूहले भन्दा पनि भ्रष्टाचारबाट आजित भएका, सामाजिक चेत भएका जेन-जी पुस्ताकै सदस्यहरूले प्रदर्शनको रणनीतिहरू बनाइरहेका छन्, प्रदर्शनमा सहभागी हुन इच्छुकको सङ्ख्या निकै ठुलो छ, कम्तीमा १० हजार सहभागी हुने देखिन्छ ।'

अर्का एक सदस्यका अनुसार जेन-जी पुस्ताले देखेको भ्रष्टाचार, भ्रष्टाचारमा संलग्न राजनीतिज्ञहरुको परिवारको जीवनशैली, ठुला ठुला भ्रष्टाचार काण्डमा राजनीतिक संरक्षण, बेरोजगारी, नागरिक अधिकार  हननका विरोधमा प्रदर्शन गर्ने छन् । काठमाडौँ बाहेक पोखरा, चितवनमा पनि प्रदर्शनको तयारी भइरहेको जनाइएको छ । 

जेन-जी ले गर्न लागेको प्रदर्शनमा सामाजिक सञ्जालमा व्यापक समर्थन जुटेको छ । नागरिक समाज, पत्रकार, लेखक, अभियान्ताहरुले जेन-जीको प्रदर्शनलाई नयाँ पुस्ताले सुरु गरेको नयाँ क्रान्तिकारुपमा बुझ्नु पर्ने धारणा राख्न थालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।