नेभिगेशन
समाज

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे० ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेका छन् । आइतबार सिधाकुरासँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सरकारको निर्णयका कारण कलाकारिता क्षेत्रमा कल्पनीय हानी पुगेको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कलाकार श्रेष्ठको हल्का रमाइले र जुठे नामक दुईवटा टेलिसिरियल निर्देशन र उत्पादन गर्छन । अध्ययन बिनाको सरकारी निर्णयले कलाकारको पेटमा लात्ति हान्ने काम भएको उनले प्रतिक्रिया दिए ।   

Ncell
Extreme Energy

आफ्नो दुईवटा हास्य टेलिसिरियलमा ५० जना भन्दै कलाकार र कर्मचारीहरू आवद्ध रहेको भन्दै कलाकार श्रेष्ठले सरकारको निर्णयबाट उनीहरूको आर्थिक दायित्व चुनौतीपूर्ण बनेको प्रतिक्रिया दिए ।

युट्युबका कारण चलिआएको कलाकारिता र एउटा आर्थिक चक्र नै सरकारको निर्णयका कारण प्रभावित बनेको उनले बताए । युट्युब लगायतबाट खातामा आएको रकमबाट सरकारले ५ मिनेटमै कर लिने गरेको भन्दै उनले कर तिरेर पनि आफूहरू असुरक्षित बनेको देख्दा दुःख लागेको बताए ।

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि असर गर्नेगरी सरकारले किन गलत निर्णय लियो रु’ सरकारले सामाजिक सञ्जालको फाइदाबारे अध्ययन र अनुसन्धान नै नगरेको र उ आफैले पाइरहेको करबारे पनि नबुझेको कलाकार श्रेष्ठ बताउँछन् ।

सङ्गीत र कलाकारिता क्षेत्रमा सामाजिक सञ्जालले कसरी योगदान गरिरहेका छन् भन्ने ध्यान दिन र अवरोध तत्काल खुलाउन पनि उनले आग्रह गरे । सरकारले भदौ १९ गतेदेखि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप देखि युट्युबसम्मका ६ वटा सामाजिक सञ्जाल बन्द गरेको छ । सरकारको निर्णयको चौतर्फी आलोचना पनि भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।