नेभिगेशन
समाज

जेन-जी आन्दोलनलाई रास्वपाको पनि समर्थन, आन्दोलनमा घुसपैठ नगर्न सत्तालाई खबरदारी

काठमाडौँ । जेनजी पुस्ताले काठमाडौँमा साेमबार गर्न लागेको सडक प्रर्दशनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सर्मथन जनाएको छ । नवयुवा पुस्ताले राजनीतिमा हस्तक्षेप गर्नेगरी सक्रियता देखाउनु स्वागतयोग्य कुरा भएको भन्दै रास्वपाले उनीहरूको आन्दोलनमा सर्मथन गरेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । साथै  रास्वपाले जेनजीको आन्दोलनमा सहभागी हुने रास्वपाका जेनजी पुस्ता र समर्थकलाई रास्वपाको लोगो वा झण्डा आन्दोलनमा प्रयोग नगर्न पनि अपिल गरेको छ । 

Ncell
Extreme Energy

साथै रास्वपाले आन्दोलनमा बक्रदृष्टि नराख्न सरकारलाई खबरदारी गरेको छ भने आन्दोलनमा हुन सक्ने घुसपैठ तथा भड्काउ गतिविधि नगर्न सत्तापक्षीय दलहरूलाई खबरदारी समेत गरेको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...

भर्खरै