नेभिगेशन
सबै कुरा

जनता आवास कार्यक्रम : भोजपुरका विपन्न परिवारलाई नयाँ घर

जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्पाहाङले जानकारी दिए । 

Ncell
Extreme Energy

एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको वडाध्यक्ष माङ्पाहाङले बताए । निर्माण सम्पन्न भएपश्चात् सबै परिवारले भुक्तानीसमेत लिएको उनको भनाइ छ । 

“सरकारको जनता आवास कार्यक्रममार्फत हाम्रो वडाका १० दलित परिवारले नयाँ घर पाएका छन्”, वडाध्यक्ष माङ्पाहाङले भने, “घर बनाउने क्षमता नहुँदा वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । हामीले आर्थिक अवस्था कमजोर भएकाले घर निर्माणका लागि सिफारिस गरेको हौँ । घर निर्माण सम्पन्न गरेर सबै परिवार भुक्तानीसमेत पाएको अवस्था छ ।”

राज्यबाट आएको बजेटबाट आवश्यक मापदण्डअनुसारको घर निर्माण भएको उनको भनाइ छ । राज्यले पनि गास, बास र कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडाले पहल गरेको वडाध्यक्ष माङ्पाहाङले बताए । 

“गरिबीका कारण धेरै परिवारको अवस्था दयनीय छ”, उनले भने, “खुला आकासमुनि दिनरात कटाउने अवस्थामा घर पाउँदा उहाँहरूको दैनिकी फेरिएको छ ।” सो रकमबाट अनिवार्यरूपमा शौचालय निर्माण गर्नुपर्ने उनको भनाइ छ । शौचालय निर्माण नगर्ने परिवारले रु ३६ हजार नपाउने वडाध्यक्ष माङपाहाङले बताए । हाल बनेको घरले सबै विपन्न परिवारलाई नसमेटिएकाले आगामी दिनमा पनि घर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए । 

खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा घर पाउँदा दैनिकी फेरिएको स्थानीय फूलमाया विश्वकर्माले बताए। घर बनेपछि धेरै सहजता भएको उनको भनाइ छ । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उनले  भने, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्नसक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”

घर नहुँदा चिसोका कारण दैनिकजसो बाल बच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताए । त्योसँगै बालबालिकालाई पठनपाठनमा समेत सहजता भएको उनको भनाइ छ ।

“हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई रोगबाट जोगाउन नै गाह्रो हुन्थ्यो”, खुसी हुँदै विश्वकर्माले भने, “ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो । मजस्ता धेरै दलित परिवारले घर पाएका छौँ । राज्य हाम्रो साहरा बन्यो ।”

कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए । टहरामा त्रिपाल हालेर वर्षौं कटाएको अवस्थामा घर पाउँदा हर्षित बनेको उनको भनाइ छ । “गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उनले भने, “जीवन निकै कष्टकर बनेको थियो । वर्षात् तथा जाडोको समयमा जीवन धेरै नै कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै