नेभिगेशन
सबै कुरा

कमलपोखरी र गुह्येश्वरीमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे छठीमाताको पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।  

राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गरे । 

Dish Home
Global Ime Bank


काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी  गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चन भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले जानकारी दिए । 

छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए । 


भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्दछ । वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय...
पिलर ठड्याएर आकाशे पुल अलपत्र, जोखिममा पैदल यात्रु (तस्बिरहरु)

पिलर ठड्याएर आकाशे पुल अलपत्र, जोखिममा पैदल यात्रु (तस्बिरहरु)

ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ ।
पार्टी स्थापना दिवसको अवसरमा रास्वपा युएईद्वारा श्रमिक संवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

पार्टी स्थापना दिवसको अवसरमा रास्वपा युएईद्वारा श्रमिक संवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) को तेस्रो स्थापना दिवसको अवसरमा युएईमा श्रमिक संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग, युएईद्वारा आयोजित कार्यक्रममा...
भारतका पूर्वराष्ट्रपतिसँग रास्वपा सांसद हरि ढकाल र सोविता गौतमको भेट

भारतका पूर्वराष्ट्रपतिसँग रास्वपा सांसद हरि ढकाल र सोविता गौतमको भेट

प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्य पुगेकाबेला सांसदद्वय र पूर्वउपराष्ट्रपतिबिच आइतबार बैंगलोरमा भेट भएको हो ।

भर्खरै