नेभिगेशन
सबै कुरा

हमासको कब्जामा रहेको विपीनको अवस्थ यकिन गर्न सकिएको छैनः इजरायलस्थित नेपाली दुतावास

काठमाडाैँ । हमासको कब्जामा रहेका विपीन जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असोज २० गते दक्षिण इजरायलको किबुज(अलुमिममा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्ये जोशी पनि रहेको इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै दूतावासले उल्लेख गरेको छ । 

Ncell
Extreme Energy

जोशी हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको दूतावासले जानकारी दिएको छ ।

गत शनिबार जोशीका बुबाआमाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेटेर छोराको रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

भीमदत्त नगरपालिका ३ का विपीन जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनी सहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। 

इजरायलमा २० असोजमा हमास समूहले गरेको हिंसात्मक हमलापछि रहेका १७ जनामध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका जोशीलाई आक्रमणकारीहरूले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए । 

युद्धमा बन्धक बनेका २ नेपाली युवा, उद्धार सरकार निरिह (भिडियाे ब्रिफ्रिङ)

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । मृतकहरूको शव स्वदेश ल्याएर अन्तिम संस्कार सम्पन्न भइसकेको छ । 

आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आएका थिए । उनीहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । त्यसपछि उनीहरूले जोशीलाई लिएर गएका थिए । 

'हमास'को कब्जामा कञ्चनपुरका विपिन जोशी

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीको भनाइ थियो । हमासको गोली लागेर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका थिए । 

त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपालिका– ३ का वीरेन्द्र चौधरीसहित दुई सय ५३ जनाको विद्यार्थी टोलीलाई सरकारले यसअघि नै उद्धार गरिसकेको छ । 

रुसी सेनामा भर्ती भएका बर्दियाका विवेक युक्रेनी सेनाको कब्जामा (भिडियो सहित)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै