नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँ र महेश बस्नेतलाई माइतिघरमा प्रदर्शन गर्न नदिइने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको समूह र युवा संघ नेतृत्वको समूहलाई माइतिघरमा प्रदर्शन गर्न नदिने भएको छ । 


दुवै समूहले माइतिघर क्षेत्रमा प्रदर्शनका लागि प्रशासनसँग अनुमति मागेपनि सुरक्षा दृष्टिकोणलाई लिएर उनीहरु दुवैलाई प्रदर्शन गर्न नदिने बताएको हो । 

त्यस्तै उनीहरुलाई हिँड्ने रुट र कार्यक्रम स्थल फरक पार्नेगरि छलफल समेत भइरहेको छ । दुवै पक्षसँग समन्वय गरेर नयाँ स्थान तोक्त प्रशासनले बताएको छ ।

मंसिर ७ गते काठमाडौँको माइतीघरमा नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

बस्नेतले एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ब्यानरमा कार्यक्रम गर्ने घोषणा गर्दै आएका थिए भने प्रसाईँले वृहत नागरिक मुक्ति आन्दोलनको ब्यानरमा कार्यक्रम गर्ने बताएका थिए । 

यी दुवै समूहले सार्वजनिक गरेका कार्यक्रमको समय तालिका मात्रै होइन कतिपय एजेण्डाहरू पनि उही छन् । महङ्गी, कालोबजारी, भ्रष्टाचार लगायतका विषय यी दुवै समूहका साझा एजेण्डा भएपनि दुर्गा प्रसाईँको समूहले भने व्यवस्था नै परिवर्तन गर्ने बताउँदै आएका छन्। प्रसाईँले नै गणतन्त्रको काम नभएको भन्दै हिन्दु राज्य सहित राजतन्त्र फर्काउने घोषणा गर्दै आएका छन् । 

मंसिर ७ मा दुर्गा प्रसाईँ भर्सेस महेश बस्नेत : दुई अराजकको स्वार्थको लडाईँ (भिडियाे ब्रिफिङ)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माणमा काठमाडौं महानगरपालिकाले लगाएको रोकलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत स्थगित गरिदिएको छ। अदालतको आदेशसँगै निर्माण कम्पनीले काम निरन्तरता दिन कानुनी बाटो...