नेभिगेशन
सबै कुरा

माइतिघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकियो, दुर्गा प्रसाईँ र महेश बस्नेतले प्रदर्शन गर्न नपाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको समूह र युवा संघ नेतृत्वको समूहलाई माइतिघरमा प्रदर्शन गर्न नदिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर ७ गते दुर्गा प्रसाईँको समूह र महेश बस्नेतको समूहलाई मात्रै हैन, प्रशासनले ३० दिनसम्मका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

Ncell
Extreme Energy

एक वा सोभन्दा बढि समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ वा विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त हुनसक्ने भन्दै प्रशासनले पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ  । 

मंसिर ७ गते काठमाडौँको माइतीघरमा नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

बस्नेतले एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ब्यानरमा कार्यक्रम गर्ने घोषणा गर्दै आएका थिए भने प्रसाईँले वृहत नागरिक मुक्ति आन्दोलनको ब्यानरमा कार्यक्रम गर्ने बताएका थिए । 

यी दुवै समूहले सार्वजनिक गरेका कार्यक्रमको समय तालिका मात्रै होइन कतिपय एजेण्डाहरू पनि उही छन् । महङ्गी, कालोबजारी, भ्रष्टाचार लगायतका विषय यी दुवै समूहका साझा एजेण्डा भएपनि दुर्गा प्रसाईँको समूहले भने व्यवस्था नै परिवर्तन गर्ने बताउँदै आएका छन्। प्रसाईँले नै गणतन्त्रको काम नभएको भन्दै हिन्दु राज्य सहित राजतन्त्र फर्काउने घोषणा गर्दै आएका छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै