नेभिगेशन
सबै कुरा

माइतिघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकियो, दुर्गा प्रसाईँ र महेश बस्नेतले प्रदर्शन गर्न नपाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको समूह र युवा संघ नेतृत्वको समूहलाई माइतिघरमा प्रदर्शन गर्न नदिने भएको छ । 

मंसिर ७ गते दुर्गा प्रसाईँको समूह र महेश बस्नेतको समूहलाई मात्रै हैन, प्रशासनले ३० दिनसम्मका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

एक वा सोभन्दा बढि समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ वा विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त हुनसक्ने भन्दै प्रशासनले पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ  । 

मंसिर ७ गते काठमाडौँको माइतीघरमा नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

बस्नेतले एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ब्यानरमा कार्यक्रम गर्ने घोषणा गर्दै आएका थिए भने प्रसाईँले वृहत नागरिक मुक्ति आन्दोलनको ब्यानरमा कार्यक्रम गर्ने बताएका थिए । 

यी दुवै समूहले सार्वजनिक गरेका कार्यक्रमको समय तालिका मात्रै होइन कतिपय एजेण्डाहरू पनि उही छन् । महङ्गी, कालोबजारी, भ्रष्टाचार लगायतका विषय यी दुवै समूहका साझा एजेण्डा भएपनि दुर्गा प्रसाईँको समूहले भने व्यवस्था नै परिवर्तन गर्ने बताउँदै आएका छन्। प्रसाईँले नै गणतन्त्रको काम नभएको भन्दै हिन्दु राज्य सहित राजतन्त्र फर्काउने घोषणा गर्दै आएका छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माणमा काठमाडौं महानगरपालिकाले लगाएको रोकलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत स्थगित गरिदिएको छ। अदालतको आदेशसँगै निर्माण कम्पनीले काम निरन्तरता दिन कानुनी बाटो...