नेभिगेशन
समाज

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

काठमाडौँ । ‘जेनजी’ युवाहरुको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी मन्त्रालयको कामकाज नियमित रुपमा सञ्चालनमा आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिस्थिति सामान्य बन्दै गएपछि सोमबार देखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले राससलाई जानकारी दिए । उनले भने, “यही भदौ २३ गतेको ‘जेनजी’युवाको प्रदर्शनका कारण २७ सम्म मन्त्रालय र मातहतका निकायको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा काम सञ्चालनमा आएको छ ।”

Ncell
Extreme Energy

सो प्रदर्शनका क्रममा मन्त्रालय र मातहतका चारपाङ्ग्रे गाडी १४ वटा जलेर पूर्ण रुपमा नष्ट भएका र छ गाडीमा तोडफोड गरिएको सहसचिव पुरीले बताए । उनले भने, “मन्त्रालयमा केही पनि धेरै क्षति भएको छैन, गाडीहरु जलेका र क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ, हामीले नियमित काम सुरु गरेका छौँ ।”

आन्दोलनकारीको आगजनीका कारण सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि खानेपानी मन्त्रालय भने जोगिएका कारण मन्त्रालयका काम सञ्चालन गर्न सहज भएको जनाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर कमलराज श्रेष्ठले विभागको नियमित काम सञ्चालन भइरहेको बताए । उनले भने, “आन्दोलनबाट विभागमा पनि कुनै क्षति भएको छैन, कार्यालयका केही गाडीमा क्षति पुगेको छ, अन्य क्षति हुन नपाएकाले काम सुरु गरेका छौँ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।