नेभिगेशन
समाज

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले बुधबार एक सूचना प्रकाशित गरी सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौँका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी/लुटपाट गरी लगेको पाइएकाले बिलबिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । त्यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।”

यसैगरी त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै