नेभिगेशन
मुख्य समाचार

जेनजीलाई निर्वाचनमा सहभागी गराउन मतदाता नामावाली सम्बन्धी अध्यादेश ल्याइने

काठमाडौँ । सरकारले नयाँ मतदाता नामावली संकलनका लागि अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गर्ने भएको छ । 
आज निर्वाचन आयोगमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहबाट नयाँ सरकार र निर्वाचनको अवस्था सिर्जना भएकाले उनीहरुलाई बाहिर राखेर निर्वाचन हुन नसक्ने भन्दै नयाँ मतदाता नामावाली संकलनका लागि अध्यादेश ल्याइने बताएका हुन् । 

उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन आवश्यक रहेको बताए । त्यसका लागि आयोगले कानून संशोधनका लागि प्रस्ताव बनाउन आग्रह समेत गरेका थिए । 
निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले अहिलेको विषम परिस्थ्तििमा निर्वाचनको अवस्था आएकाले परिवर्तनको माग बमोजिम कानून संशोधन गरेर जेनजीको मताधिकारको सुनिश्चित गर्ने बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...