नेभिगेशन
समाज

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्न युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार टियु मैदान किर्तिपुरमा क्यानले आयोजना गरेको कार्यक्रमा राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेका हुन् । नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृङ्खला खेल्दैछ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ ।

Ncell
Extreme Energy

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजसँगको सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै टिमले राम्रो तयारी गरेको र खेलाडी तयार रहेको बताए ।

उनले विश्वकप छनोटका लागि पनि त्यसअघिको खेलमा विशेष ध्यान दिएको उल्लेख गरेका छन् । विदाई कार्यक्रम अघि टियु मैदान किर्तिपुरमा जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए । आन्दोलनका क्रममा क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।

भर्खरै