नेभिगेशन
मुख्य समाचार

ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुग्योः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफुलाई ठूला दल भन्नेहरुको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको उल्लेख गरे ।

१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उनले बताए ।  प्रचण्डले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेकोमा गर्व गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै प्रचण्डले संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी हो भनेर तुलना गर्न खोज्नु इतिहासप्रति, जनताप्रति गहिरो र ठुलो विश्वासघात हुन जाने तर्क गरेका छन् । उनले भाद्र २४ गते जेनजीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप लगाएका छन् ।

प्रचण्डले अन्तरिक सरकार गठनको प्रक्रियामा गएर भएपनि संविधान बनाउने काममा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको बताए । त्यस्तै प्रधानसेनापतिको भूमिका पनि निकै सकारात्मक देखिएको उनले बताए । प्रचण्डले घोषित मितिमा नै निर्वाचन गरि जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने चाहना रहेको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।