नेभिगेशन
समाज

अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिनेः उपाध्यक्ष पोख्रेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेनजी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चूनौतिको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताएका हुन ।

Ncell
Extreme Energy

एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चूनौतिलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गरेका छन् । पोखरेलले समयमा नै ध्यान दिन नसके प्राप्त गरेका उपलव्धीहरु खोसिन सक्ने भन्दै यसबारे सचेत हुन जरुरी रहेको बताए ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको टिप्पणी गरेका छन् । राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्‍याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उनले बताए ।

नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार काम गरेको उनको दाबी छ । उनले नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै त्यस प्रति गर्व गर्नुपर्ने बताए । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै उनले एमाले फेरी उठ्ने दाबी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै