नेभिगेशन
मुख्य समाचार

संविधानलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्र्कीले हालैको जेन्जी आन्दोलनको भावना र चाहना अनुसार संविधान संशोधनमार्फत देखिएका समस्याको समाधान खोज्न सकिने धारणा राखेका हुन ।

उनले आवेश र उत्तेजना भन्दा माथि उठेर राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल, नागरिक समाज र आम नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले युवाहरूले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मागलाई उचित र सान्दर्भिक बताउँदै प्रदेश सरकार संविधानको पालना, कानुनी शासन र पारदर्शिता कायम गर्न कटिबद्ध रहेको स्पष्ट परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।