नेभिगेशन
समाज

देउवाको टाउको र गर्धनमा चोट, अझै केहीदिन सेनाकै ब्यारेकमा रहने

ललितपुर । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको र गर्धनमा चोट लागेको छ ।  देउवा निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएको देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाले उद्धार गरी देउवा दम्पतीलाई शिवपुरी लगेर उपचारको व्यवस्था गरेको थियो। सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्थाको बारेमा शुक्रबार बसेको नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समेत कुरा उठेको एक नेताले बताएका छन् ।

Ncell
Extreme Energy

पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको थिए । उनले भने, ‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार टाउकोको पछाडीपट्टी गम्भीर चोट छ र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ, त्योभन्दा तल गर्धनमा पनि चोट छ, दुवै चोट निको हुँदै गएको अवस्था छ, उहाँ सामान्य बोलचाल गर्नुहुन्छ, हिँड्नुहुन्छ,’ ।

त्यस्तै, देउवा पत्नी आरजु राणा देउवाको स्वास्थ्य अस्थामा पनि क्रमीकरुपमा सुधार भैइरहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । घटनाको प्रकृति हेर्दा उनीहरूमाथि सिसा, रड वा धारिलो हतियार प्रहार भएको हुन सक्ने अनुमान छ।

उनका अनुसार देउवा दम्पतीको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै