नेभिगेशन
मुख्य समाचार

देउवाको टाउको र गर्धनमा चोट, अझै केहीदिन सेनाकै ब्यारेकमा रहने

ललितपुर । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको र गर्धनमा चोट लागेको छ ।  देउवा निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएको देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

नेपाली सेनाले उद्धार गरी देउवा दम्पतीलाई शिवपुरी लगेर उपचारको व्यवस्था गरेको थियो। सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्थाको बारेमा शुक्रबार बसेको नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समेत कुरा उठेको एक नेताले बताएका छन् ।

पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको थिए । उनले भने, ‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार टाउकोको पछाडीपट्टी गम्भीर चोट छ र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ, त्योभन्दा तल गर्धनमा पनि चोट छ, दुवै चोट निको हुँदै गएको अवस्था छ, उहाँ सामान्य बोलचाल गर्नुहुन्छ, हिँड्नुहुन्छ,’ ।

त्यस्तै, देउवा पत्नी आरजु राणा देउवाको स्वास्थ्य अस्थामा पनि क्रमीकरुपमा सुधार भैइरहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । घटनाको प्रकृति हेर्दा उनीहरूमाथि सिसा, रड वा धारिलो हतियार प्रहार भएको हुन सक्ने अनुमान छ।

उनका अनुसार देउवा दम्पतीको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।