नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनका घटनाको छानविन गर्न कांग्रेसले खोज्यो उच्चस्तरीय न्यायीक आयोग

नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ ।  पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजि सम्पतीमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भत्र्सना गदै घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायीक छानविन आयोगको माग गरेको हो ।

संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायीत्वमार्फत मुलुकमा बिकसित बर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

बैठकले संविधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज लगाएत सरोकारवाला निकायसंग छलफल गरि शान्ति, लोकतन्त्र र अग्रगमनको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । त्यस्तै जेनजी आन्दोलनका जायज मागलाई आत्मसात गर्ने निर्णय गर्दै त्यसलाई विधिवत् रुपमा सम्बोधन गर्न कांग्रेस सदैव प्रतिवद्ध रहेको निष्कर्ष निकालेको विश्वकर्माले बताए। बैठकले पार्टी सभापतिमाथिको आक्रमण र निजि निवासमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाको कडा निन्दा र भत्र्सना गर्ने निर्णय गरेको उहाले जानकारी दिए । विश्वकर्माले अहिले पार्टी सभापति शेर बहादुर देउवाको उपचार जारी रहेको पनि बताए । सभापतिको गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको उहाको भनाइ छ । 

विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले दिएको उल्लेख गरे । त्यस्तै उहाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न आवश्यक तयारी समेत भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।