नेभिगेशन
समाज

जेनजी आन्दोलनका घटनाको छानविन गर्न कांग्रेसले खोज्यो उच्चस्तरीय न्यायीक आयोग

नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ ।  पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजि सम्पतीमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भत्र्सना गदै घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायीक छानविन आयोगको माग गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायीत्वमार्फत मुलुकमा बिकसित बर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

Ncell
Extreme Energy

बैठकले संविधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज लगाएत सरोकारवाला निकायसंग छलफल गरि शान्ति, लोकतन्त्र र अग्रगमनको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । त्यस्तै जेनजी आन्दोलनका जायज मागलाई आत्मसात गर्ने निर्णय गर्दै त्यसलाई विधिवत् रुपमा सम्बोधन गर्न कांग्रेस सदैव प्रतिवद्ध रहेको निष्कर्ष निकालेको विश्वकर्माले बताए। बैठकले पार्टी सभापतिमाथिको आक्रमण र निजि निवासमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाको कडा निन्दा र भत्र्सना गर्ने निर्णय गरेको उहाले जानकारी दिए । विश्वकर्माले अहिले पार्टी सभापति शेर बहादुर देउवाको उपचार जारी रहेको पनि बताए । सभापतिको गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको उहाको भनाइ छ । 

विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले दिएको उल्लेख गरे । त्यस्तै उहाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न आवश्यक तयारी समेत भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...