नेभिगेशन
मुख्य समाचार

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए । झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका उनले बताए । 

यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए । निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये पाँच हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् । भने अझै आठ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ ।

नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।