नेभिगेशन
मुख्य समाचार

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरेका थिए । ‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले गहिरो चोट र पीडा महसुस भएको भन्दै मुख्यमन्त्रीले शाहले अब ‘जेनजी’को भावनाबमोजिम सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण, शान्ति, स्थिरता र विकासलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकार प्रदर्शनका क्रममा शहादत दिएका व्यक्तिका परिवार र घाइतेसँगै उभिएको बताएका छन् । 
  
त्यस्तै, सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूको भावनाको कदर गर्दै नयाँ नेपाल निर्माणमा देखिएका समस्याको समीक्षा गरेर अघि बढ्न आग्रह गरेका छन् । त्यस्तै, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अब शान्ति, समृद्धि र पुनःनिर्माणका लागि एकजुट भएर लाग्न सबैलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।