नेभिगेशन
मुख्य समाचार

सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको ठोकुवा गरेका छन् ।

बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतिहरु बिषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको स्वेच्छाले अन्तरिम सरकार गठन र संसद बिघटन नभएको बताएका हुन ।

उनले बाध्यता र परिवेशका कारण राष्ट्रपतिले अन्तरिम सरकार गठन र संसद बिघटन गर्नुपरेको जिकिर गरे । अहिले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुन्छ भनेर सोच्नु मुर्खताबाहेक केहि नहुने उनले बताए । सिटौलाले अहिलेको अवस्थामा जनताको सर्वोच्चता कायम गरेको संविधानलाई सवै मिलेर जोगाउनुपर्ने आवश्यकता देखिएको धारणा व्यक्त गरेका थिए ।

त्यसका लागि सवै राजनीतिक दल र सरोकारवालाबीच बृहत एकता गर्नुको बिकल्प नरहेको उनको भनाइ छ । उनले जेनजी आन्दोलनका नाममा संविधान बिपरितको काम भएको स्पष्ट पारे । सिटौलाले पार्टीभित्र पनि वादविवाद नगरि जनतालाई सर्वोपरि राखेर काम गर्न सक्नुपर्नेमा जोड दिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।