नेभिगेशन
मुख्य समाचार

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले राससलाई जानकारी दिए । 

गत भदौ २३ गते र भदौ २४ गते कर्मचारीका सवारीसाधन मन्त्रालय परिसरमै थिए । त्यस दिन सिंहदरबारको मूलढोकाबाट सरकारी नम्बर प्लेटका गाडी निकाल्न दिइएको थिएन । मन्त्रालयअन्तर्गत रहेको बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका सरकारी सवारीसाधन पनि जलाइएका र त्यसको विवरण तयार पारेर प्रतिवेदन बुझाइने प्रवक्ता पण्डितले बताए । 

मन्त्रालयको ४१ गाडीमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका २९ मोटरसाइकल जलाइएका छन् । मन्त्रालय परिसरमा पार्किङ गरिराखिएका नौ मोटरसाइकल हराए तथा १० स्कुटर जलाइएका सवारी हेर्ने शाखाका कर्मचारी लोमश आचार्यले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।