नेभिगेशन
समाज

पार्टी अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित हुँदैनः प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार जेनजी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौंको महाराजगंजस्थीत आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले युवापुस्ताको आकांक्षालाई लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताएका हुन । युवाको आन्दोलनका नाममा अपराधीक घटना घटाउने प्रवृति विस्तारै खुल्दै जाने उनले बताए ।

Ncell
Extreme Energy

संवैधानिक व्यवस्थालाई पूर्णरुपमा टेकेर सरकार बन्न नसकेपनि संवैधानिक बाटोबाट अघि बढ्न सक्नुपर्ने धारणा व्यक्त गरेका हुन । प्रवक्ता महतले तोकिएको समयमा नै निर्वाचन गरेर जननिर्वाचित सरकार गठन हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै प्रवक्ता महतले अहिलेको विशेष अवस्थामा पार्टी नेतृत्वका बिषयमा प्रश्न उठाउनु भन्दा पनि आन्तरिक एकता बलियो बनाउने बेला भएको बताए । पार्टी अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित नभएको उनको भनाइ छ ।

महतले एमालेसंगको गठबन्धनका बारेमा पहिलेदेखि नै पार्टीभित्र बिभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा अहिले घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको जिकिर गरे । जेनजी आन्दोलनका क्रममा महतको निजि निवासमा समेत तोडफोड र आगजनी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै