नेभिगेशन
मुख्य समाचार

पार्टी अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित हुँदैनः प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

आइतबार जेनजी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौंको महाराजगंजस्थीत आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले युवापुस्ताको आकांक्षालाई लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताएका हुन । युवाको आन्दोलनका नाममा अपराधीक घटना घटाउने प्रवृति विस्तारै खुल्दै जाने उनले बताए ।

संवैधानिक व्यवस्थालाई पूर्णरुपमा टेकेर सरकार बन्न नसकेपनि संवैधानिक बाटोबाट अघि बढ्न सक्नुपर्ने धारणा व्यक्त गरेका हुन । प्रवक्ता महतले तोकिएको समयमा नै निर्वाचन गरेर जननिर्वाचित सरकार गठन हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै प्रवक्ता महतले अहिलेको विशेष अवस्थामा पार्टी नेतृत्वका बिषयमा प्रश्न उठाउनु भन्दा पनि आन्तरिक एकता बलियो बनाउने बेला भएको बताए । पार्टी अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित नभएको उनको भनाइ छ ।

महतले एमालेसंगको गठबन्धनका बारेमा पहिलेदेखि नै पार्टीभित्र बिभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा अहिले घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको जिकिर गरे । जेनजी आन्दोलनका क्रममा महतको निजि निवासमा समेत तोडफोड र आगजनी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।