नेभिगेशन
मुख्य समाचार

घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्नेगरी गतिविधि तथा अभिव्यक्ति नगर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्नेखालका अभिव्यक्ति नदिन आग्रह गरिएको छ । आयोगको विज्ञप्तिमा भनिएको छ, “आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा सिर्जना हुनसक्ने हिंसात्मक अवस्थाप्रति सचेत विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।”

City Express

आयोगले जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचनसमेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने भएकाले सजग रहन भनेको छ ।

“विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवं कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो”, विज्ञप्तिमा भनिएको छ, “तर यस्ता अभिव्यक्तिहरु संयमित, मर्यादित र मानव अधिकारको मूल्यमान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ ।”Screenshot-(61)-1758457188.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

गौरीबहादुर कार्कीको नेतृत्वमा  नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा, तथा कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी  सदस्य रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको छ ।
हटाइए विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

हटाइए विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

उनलाई उर्जा मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
२ हजारभन्दा बढी गोलीका खोकासहित २ पक्राउ

२ हजारभन्दा बढी गोलीका खोकासहित २ पक्राउ

नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ...
सजाइयो शक्ति पीठहरु(तस्बिरहरु)

सजाइयो शक्ति पीठहरु(तस्बिरहरु)

हिन्दुहरुको महान चाड बडा दशैंको आगमन सँगै शक्ति पीठहरु झिलिमिली बत्तीहरु सजाइएको छ । नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको हो ।