नेभिगेशन
समाज

सुर्खेतमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कर्णाली । ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको सोमबार करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा पर्ने रत्न राजमार्गअन्तर्गत छिन्चु–धुलियाबिट सडक खण्डको पाडुलेमा ना.५ ख. ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Ncell
Extreme Energy

नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए ।मोटरसाइकलमा पछाडि सवार पञ्चदेवल विनायक नगरपालिका–४ अछामका १९ वर्षीय दमन शाही पनि घाइते भएका छन् ।

घाइते शाहीको माया मेडिकलहल छिन्चुमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रवक्ता बुढाथापाले बताएका छन् । ठक्कर दिने ट्रकसहित २७ वर्षीय चालक ईश्वर मस्र्याङ्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।