नेभिगेशन
समाज

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान, १० करोडको लागतमा ६२ लाइट जडान गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ ।  काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार आजसम्म १२ वटा जडान भइसकेको र बाँकी लाइट पनि दसैँअगाडि नै जडान गरिसकिनेछ । महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा दुईवटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कभित्र तीनवटा ‘हाई मास्ट लाइट’ जडान गर्ने भनिएकामा हालसम्म दुईवटा लाइट जडान भइसकेको जानकारी दिए । 

महानगर प्रमुख शाहले अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी  सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेको बताए । महानगरपालिकाले करिब रु ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्याएको छ । उक्त लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...