नेभिगेशन
मुख्य समाचार

युनिटी कप टी२०आई शृङ्खला: वेस्ट इन्डिजविरुद्ध नेपालकाे ऐतिहासिक जित

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।

CG

नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने  अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै  कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन तथा कप्तान अकिल होसेनले एक विकेट लिए ।

नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेलेको हो । अर्को सातादेखि ओमानमा हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तरराष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपाल र वेष्ट इण्डिजसँग दोस्रो खेल यही असोज १३ गते हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...