नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलन :  क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ । हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ । 

CG

सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशको रहेको छ । सो प्रदेशमा एक हजार छ सय आठ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कोशीमा तीन सय ७७, मधेशमा तीन सय २३, गण्डकीमा दुई सय १९, लुम्बिनीमा दुई सय ५४, कर्णालीमा २५ र सुदूरपश्चिममा एक सय ८२ वटाको दाबी परेको छ । हालसम्म कूल दुई हजार नौ सय ८८ वटा बीमा दाबीको आवेदन परेको छ । 

भौतिक क्षति धेरै भएकाले दावीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्राधिकरणको विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा र पाँच अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी आवेदन परेको छ ।

यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा रु पाँच अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा रु दुई अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु दुई अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु एक अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको छ ।

मुलुकभर १४ वटा निर्जीवन बीमा कम्पनीसहित चार  माइक्रो इन्स्योरेन्स कम्पनीमा ती आवेदन परेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट...
एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

ध्यक्ष ओलीले शुक्रबार आफु झापाबाट काठमाडौं फर्कदा बिमानस्थलमा अपमानित हुनपरेको बताए ।