नेभिगेशन
मुख्य समाचार

तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ । अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ । गत हप्ता पनि  पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...