नेभिगेशन
समाज

लगाइयो दसैँको टीका, दिनभर लगाउन सकिने

काठमाडौँ । हिन्दुहरूको महान चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ टीका, जमरा लगाएर मनाइएको छ। पञ्चांग निर्णायक समितिले निर्धारण गरेको उत्तम साइत अनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर विजयादशमीको टीका लगाइएको छ। उत्तम साइत पछि पनि आज दिनैभर टीका लगाउन सकिने समितिले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पवित्र जमराको पहेंलो रङ र रातो टीकाले निधार सजिएका हिन्दु धर्मालम्बीहरू शक्तिस्वरूपा नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्दै आपसी भेटघाट र खुसीयालीमा रमाइरहेका छन्।

Ncell
Extreme Energy

दसैं घर तथा मन्दिरहरूमा नवदुर्गा भवानीको पूजा आराधना गरी टीका प्रसाद ग्रहण गर्ने प्रचलन पनि रहेको छ। मान्यजनले आफ्ना नातागोता र छोराछोरीलाई सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद दिएर टीका लगाइदिने गरिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।