नेभिगेशन
मुख्य समाचार

लगाइयो दसैँको टीका, दिनभर लगाउन सकिने

काठमाडौँ । हिन्दुहरूको महान चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ टीका, जमरा लगाएर मनाइएको छ। पञ्चांग निर्णायक समितिले निर्धारण गरेको उत्तम साइत अनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर विजयादशमीको टीका लगाइएको छ। उत्तम साइत पछि पनि आज दिनैभर टीका लगाउन सकिने समितिले जनाएको छ । 

पवित्र जमराको पहेंलो रङ र रातो टीकाले निधार सजिएका हिन्दु धर्मालम्बीहरू शक्तिस्वरूपा नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्दै आपसी भेटघाट र खुसीयालीमा रमाइरहेका छन्।

दसैं घर तथा मन्दिरहरूमा नवदुर्गा भवानीको पूजा आराधना गरी टीका प्रसाद ग्रहण गर्ने प्रचलन पनि रहेको छ। मान्यजनले आफ्ना नातागोता र छोराछोरीलाई सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद दिएर टीका लगाइदिने गरिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै...
मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेका हुन् । आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित...
विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

सार्वजनिक भएको भिडियोमा ती युवाले जेनजी आन्दोलनमा मारिएकाहरूको पक्षमा नाराबाजी गर्दै एमालेमाथि आक्रोश पोखेको देखिन्छ । प्रहरीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख...