नेभिगेशन
मुख्य समाचार

आवतजावत गर्दा सतर्कता अपनाउन ललितपुर जिल्ला प्रशासनको आग्रह

ललितपुर ।जिल्ला प्रशासन कार्यालयले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको बताएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो । 

प्रशासनले विशेषगरी काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुरलगायतका जिल्लामा साना नदी–नालामा आकस्मिक बाढी आउन सक्ने, बाढी, डुबान, पहिरो तथा भू–क्षयजस्ता विपद् हुने जोखिम बढ्ने चेतावनी दिएको छ । 

कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडक मार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । अत्यावश्यक बाहेक रात्रीकालीन समयमा सवारी संचालन नगर्न सुझाव दिइएको छ ।

त्यसैगरी, संवेदनशील क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई असोज १७ देखि २० गतेसम्म विशेष सावधानी अपनाउन, जोखिम कम गर्न पूर्वतयारी गर्न तथा सुरक्षा निकाय वा स्थानीय तहले जारी गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै...
मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेका हुन् । आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित...
विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

सार्वजनिक भएको भिडियोमा ती युवाले जेनजी आन्दोलनमा मारिएकाहरूको पक्षमा नाराबाजी गर्दै एमालेमाथि आक्रोश पोखेको देखिन्छ । प्रहरीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख...