नेभिगेशन
मुख्य समाचार

दसैँमा पनि सुनसान गाउँ

ढोरपाटन । अरु समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ । रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरु दसैँमा फर्कने चलन हुन्छ । तर बागलुङका केही ग्रामीण क्षेत्र दसैँमा पनि सुनसान छन् । 

बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दसैँमा गाउँ सुनसान भएका हुन् । खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी चितवन, बागलुङ बजार, पोखरालगायतका ठाउँमा जानेहरु बढेपछि दसैँ सुनसान बनेका हुन् । 

पाँच वर्ष अगाडिसम्म दसैँ मान्नका लागि सहर बजार र  विदेशबाट आफन्तजनको हातबाट टीका ग्रहण गर्न आउने धेरै भए पनि अहिले गाउँमा फाट्टफुट्ट मात्रै आएको बागलुङ नगरपालिका–११ का तिलबहादुर थापाले बताए । पहिले रोजगारका सिलसिलामा विदेश छिरेका र अध्ययन तथा विभिन्न कामका लागि बजार गएकाहरु दसैँका बेला गाउँ आउँदा निकै चहलपहल बढ्ने गरे पनि अहिले सुनासन रहेको उनको भनाइ छ ।

थापा भन्छन्, “गाउँ त अब गरिब र दुःखीका लागि मात्रै हुने भयो, अरु बेला त गाउँ सुनसानै हुन्थ्यो तर दसैँको बेला भने धेरै मान्छे गाउँ आउँथे, अहिले दसैँमा पनि धेरै मान्छे गाउँमा आएनन्, आफन्तसँग जमघट हुँदा पो दसैँ आए जस्तो हुने रैछ, कोही नहुँदा त उराठ लाग्दो भएको छ, धेरैको घरमा ताला ठोकेका छन्, वरपरका छरछिमेकी बजार छन्, कोही विदेश छन् ।”

गलकोट नगरपालिकाको अधिकांश गाउँ पनि यति बेला सुनसान छन् । गाउँका दुई÷चार घरको चुलोेमा आगो बले पनि धेरै घरमा झार पलाएका छन् । घरका बार्दली लेउले ढाकिएका छन् भने काठ मक्किएको गलकोट नगरपालिकाका वीरबहादुर नेपालीले बताउनुभयो । धनीहरु सबै सहर पसेपछि अहिले गाउँमा गरिब वर्ग मात्रै रहेको उनको भनाइ छ । गाउँमा भएका सबै युवा विदेश पलायन हुँदा अहिले बुढाबुढी र केही बालबालिका बाहेक अरु कोही नभएको नेपालीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै...
मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेका हुन् । आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित...
विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

सार्वजनिक भएको भिडियोमा ती युवाले जेनजी आन्दोलनमा मारिएकाहरूको पक्षमा नाराबाजी गर्दै एमालेमाथि आक्रोश पोखेको देखिन्छ । प्रहरीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख...