नेभिगेशन
समाज

दसैँमा पनि सुनसान गाउँ

ढोरपाटन । अरु समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ । रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरु दसैँमा फर्कने चलन हुन्छ । तर बागलुङका केही ग्रामीण क्षेत्र दसैँमा पनि सुनसान छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दसैँमा गाउँ सुनसान भएका हुन् । खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी चितवन, बागलुङ बजार, पोखरालगायतका ठाउँमा जानेहरु बढेपछि दसैँ सुनसान बनेका हुन् । 

Ncell
Extreme Energy

पाँच वर्ष अगाडिसम्म दसैँ मान्नका लागि सहर बजार र  विदेशबाट आफन्तजनको हातबाट टीका ग्रहण गर्न आउने धेरै भए पनि अहिले गाउँमा फाट्टफुट्ट मात्रै आएको बागलुङ नगरपालिका–११ का तिलबहादुर थापाले बताए । पहिले रोजगारका सिलसिलामा विदेश छिरेका र अध्ययन तथा विभिन्न कामका लागि बजार गएकाहरु दसैँका बेला गाउँ आउँदा निकै चहलपहल बढ्ने गरे पनि अहिले सुनासन रहेको उनको भनाइ छ ।

थापा भन्छन्, “गाउँ त अब गरिब र दुःखीका लागि मात्रै हुने भयो, अरु बेला त गाउँ सुनसानै हुन्थ्यो तर दसैँको बेला भने धेरै मान्छे गाउँ आउँथे, अहिले दसैँमा पनि धेरै मान्छे गाउँमा आएनन्, आफन्तसँग जमघट हुँदा पो दसैँ आए जस्तो हुने रैछ, कोही नहुँदा त उराठ लाग्दो भएको छ, धेरैको घरमा ताला ठोकेका छन्, वरपरका छरछिमेकी बजार छन्, कोही विदेश छन् ।”

गलकोट नगरपालिकाको अधिकांश गाउँ पनि यति बेला सुनसान छन् । गाउँका दुई÷चार घरको चुलोेमा आगो बले पनि धेरै घरमा झार पलाएका छन् । घरका बार्दली लेउले ढाकिएका छन् भने काठ मक्किएको गलकोट नगरपालिकाका वीरबहादुर नेपालीले बताउनुभयो । धनीहरु सबै सहर पसेपछि अहिले गाउँमा गरिब वर्ग मात्रै रहेको उनको भनाइ छ । गाउँमा भएका सबै युवा विदेश पलायन हुँदा अहिले बुढाबुढी र केही बालबालिका बाहेक अरु कोही नभएको नेपालीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।