नेभिगेशन
समाज

असोज १७ देखि २० सम्म काठमाडौँमा रातको समय यात्र नगर्न आग्रह

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गते देखि २० गते सम्म काठमाडौँ लगायत जिल्लामा भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू हुनसक्ने सम्भावना देखाएकाले रातको समयमा यात्रा नगर्न भनिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

Ncell
Extreme Energy

‘असोज १७ देखि २० गतेसम्म आआफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउनु हुन, अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्नुहुन, काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ,’ जिप्रकाले सूचना जारी गर्दै भनेको छ।

940x380-notice_daoktm(1)-1759471398-1759481118.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।