नेभिगेशन
मुख्य समाचार

असोज १७ देखि २० सम्म काठमाडौँमा रातको समय यात्र नगर्न आग्रह

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गते देखि २० गते सम्म काठमाडौँ लगायत जिल्लामा भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू हुनसक्ने सम्भावना देखाएकाले रातको समयमा यात्रा नगर्न भनिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

‘असोज १७ देखि २० गतेसम्म आआफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउनु हुन, अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्नुहुन, काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ,’ जिप्रकाले सूचना जारी गर्दै भनेको छ।

940x380-notice_daoktm(1)-1759471398-1759481118.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै...
मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमको विदाइ

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेका हुन् । आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित...
विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

विराटनगरमा महेश बस्नेत सवारी गाडीमा रातो छ्यापियो

सार्वजनिक भएको भिडियोमा ती युवाले जेनजी आन्दोलनमा मारिएकाहरूको पक्षमा नाराबाजी गर्दै एमालेमाथि आक्रोश पोखेको देखिन्छ । प्रहरीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख...