नेभिगेशन
मुख्य समाचार

काठमाडौँ उपत्यका सहित अधिकांश स्थानमा वर्षा, रातिसम्म धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव देखिएको छ । अहिले देशका बागमती र मधेश प्रदेशका जिल्लाहरुमा लगातार वर्षा भइरहेको छ भने अन्य स्थानमा छिटफुट वर्षा भैहरेको छ । 
यो झरी कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो ।

Dish home
City Express

पानी पार्ने यो बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्मै पुगेको छ । भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा केन्द्रित छ । खासगरी हेटौंडादेखि ललितपुर र आसपासमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशभर सवारी आवागमन प्रवाभित, यी १० राजमार्गमा अवरोध  (सूचिसहित)

देशभर सवारी आवागमन प्रवाभित, यी १० राजमार्गमा अवरोध (सूचिसहित)

नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था यस्तो छः
विपद्को प्रतिकार्यमा जुट्न रेपिड एक्सन टिम सहित नेता कार्यकर्तालाई रास्वपाको निर्देशन

विपद्को प्रतिकार्यमा जुट्न रेपिड एक्सन टिम सहित नेता कार्यकर्तालाई रास्वपाको निर्देशन

अर्यालले भनेका छन्,‘विपद्को बेला मानवीय सेवा÷सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज–उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र...
यी हुन् बाढीको उच्च जोखिममा रहेका २० जिल्ला

यी हुन् बाढीको उच्च जोखिममा रहेका २० जिल्ला

शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा...
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले राससलाई जानकारी दिए।