नेभिगेशन
समाज

मधेसमा भारी वर्षा सुरु

काठमाडौँ । बंगालको खाडी हुँदै भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुले काठमाडौं उपत्यकासहित गण्डकी, लुम्बिन, मधेस, कोशी प्रदेशका केही स्थानमा वर्षा गराइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंमा मध्यम वर्षा भइरहेको छ। मौसमविद् विनोद पोखरेलले मधेसमा भारी वर्षा हुन थालेको बताएका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापकसमेत रहेका पोखरेलले यो सुरूआत भएको र अझै वर्षा बढ्ने बताएका छन्। अर्को पानी पार्ने प्रणाली आइरहेकाले त्यसले झन् ठूलो पानी पार्ने उनको प्रक्षेपण छ।

Ncell
Extreme Energy

उनले आज दिनभरि नै र राति भारी वर्षा हुने बताएका हुन्।

मौसम विभागका अनुसार पछिल्लो एक घन्टामा धनुषाको तुलशीमा १४ मिलिमिटर वर्षा भएको छ। सर्लाहीको मनुस्मारामा १५.२, धनुषाको चिसापानी बजारमा १३.२, कमला नदीमा १३.२, रौतहटको गरूडामा १०.२, बाराको कलैयामा ११.२ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।