नेभिगेशन
समाज

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङसहित आग्रह गर्न थालेको छ ।
 
आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षात्का बेला सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह सहित माइकिङ  गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी बताए ।

Ncell
Extreme Energy

उनले भने, “हालैको मौसम पूर्वानुमानअनुसार तीन दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले यस्तो समय सवारी सञ्चालनमा जोखिम रहन्छ । त्यसैले चालकहरूलाई सचेत गराउनका लागि उपत्यकाका प्रमुख नाका तथा व्यस्त स्थानहरूमा माइकिङ सुरु गरेका छौँ ।”

विशेषगरी उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटो लगायतका स्थानहरूमा ट्राफिक प्रहरी परिचालित गरी गएरातिदेखि चालकहरूलाई मौखिक सूचना, माइकिङ गर्न थालिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

नागढुङ्गाबाट बाहिरिने लामो दूरीका सवारी चालकहरूलाई राति र पानी परेको समयमा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न र नियमित रूपमा सवारी साधनको प्राविधिक परीक्षण (ब्रेक, टायर, लाइट आदि) गराउन समेत आग्रहसहित माइकिङ गरिएको उनको भनाइ छ । उनले भने  “विशेषगरी पहाडी तथा पहिरोको जोखिम भएका मार्गहरू जसमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बिपी राजमार्ग, अरनिको राजमार्गलगायत पर्छन्, त्यहाँ जोखिम अझ बढी हुन्छ । त्यसैले त्यस्ता क्षेत्रतर्फ जाँदा झनै सतर्क रहनु आवश्यक छ ।”

वर्षातका समयमा पहिरो, सडक कटान र सडकमा ढल्किने पानीका कारण सडक अबरुद्ध हुने, सवारी साधन बिग्रने वा दुर्घटना हुने सम्भावना बढी हुने भएकाले ट्राफिक प्रहरीले विगत वर्षहरूमा देखिएका समस्याबाट पाठ सिक्दै यसपालि सुरुआतदेखि नै सतर्कता अपनाएको जनाएको छ ।

ट्राफिक प्रहरीले हाल देशभरका मुख्य सडक र राजमार्गहरूमा नियमित गस्ती, ट्राफिक पोस्टमार्फत सूचनाको आदानप्रदान तथा विपद्को स्थिति आउँदा तत्काल सूचना प्रवाह र उद्धार कार्यका लागि तयारी अवस्थामा ट्राफिक टोलीलाई राखेको जनाइएको छ ।

सडक प्रयोगकर्ताहरूसम्म यथासमय सूचना पुगोस् भनेर ट्राफिक प्रहरीले सामाजिक सञ्जालहरू, जस्तै फेसबुक, ट्विटर (एक्स) र विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक स्थिति, तथा आकस्मिक सडक बन्द सम्बन्धी जानकारीहरू प्रकाशित गर्दै आइरहेको छ ।

देशभरका सडकहरूमा बढ्दो ट्राफिक चाप, अपायक मौसम, र कमजोर भौतिक पूर्वाधारका कारण दुर्घटनाको जोखिम स्वाभाविक रूपमा बढ्ने भएकाले यस्तो समयमा सवारी चालक, यात्री तथा सरोकारवालाबीच आपसी समन्वय र सचेतना अत्यावश्यक हुने उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनले भने, “सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ” भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता आजको दिनमा झनै बलियो रूपमा महसुस गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी सक्रिय रूपमा सडकमा खटिएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।