नेभिगेशन
मुख्य समाचार

अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

काठमाडौँ । शनिबार बिहानैदेखि जारी अविरल वर्षाका कारण काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्। 

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ।’

अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन्।

काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान भागले जनाएको छ।

विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना छ भने राति धेरै वर्षा हुने अनुमान छ। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...
प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

आइतबार राष्ट्रिय सभागृहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का नेता जनार्दन शर्मा र रास्वपा परित्याग गरेका सन्तोष परियार लगाएतका नेता कार्यकर्ताबीचमा पार्टी एकताको...
प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु हुँदै, उपस्थित भए बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार ।
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै...