नेभिगेशन
मुख्य समाचार

यी हुन् बाढीको उच्च जोखिममा रहेका २० जिल्ला

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। अहिले मधेशमा भारी वर्षा भैरहेको छ भने  काठमाडौं उपत्यकामा वर्षा बढ्दै गएको छ । यस्तै बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ। 

शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Dish home
City Express

त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरूमा उच्च जोखिमको सम्भावना रहेको महाशाखाले बताएको छ।


यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

557628448_122196094712355476_3753816941421789773_n-1759554810-1759555793.jpg

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तमोरमा भएको बोलेर दुर्घटनामा ४ को मृत्यु, ६ जना घाइते

तमोरमा भएको बोलेर दुर्घटनामा ४ को मृत्यु, ६ जना घाइते

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो तमोर करिडोरबाट ५ सय मिटर खसेको छ । मृतक ४ जनाको पहिचान भने...
विपद् व्यवस्थापनमा काठमाडौँ महानगरले खटायो महानगर प्रहरी

विपद् व्यवस्थापनमा काठमाडौँ महानगरले खटायो महानगर प्रहरी

कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारीसमेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ...
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालनमा रोक

उनका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल,...
बढि डुवान हुने क्षेत्रमा विपद् प्रतिकार्यका लागि टिम तयारी अवस्था छः कुलमान घिसिङ

बढि डुवान हुने क्षेत्रमा विपद् प्रतिकार्यका लागि टिम तयारी अवस्था छः कुलमान घिसिङ

शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न...