नेभिगेशन
मुख्य समाचार

विपद्को प्रतिकार्यमा जुट्न रेपिड एक्सन टिम सहित नेता कार्यकर्तालाई रास्वपाको निर्देशन

काठमडौँ । अविरल वर्षातबाट देशैभर जल उत्पन्न विपद् जोखिम बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रेपिड एक्सन टिमलगायत नेता–कार्यकर्तालाई प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ। रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले प्रतिकार्यमा जुट्न निर्देशन दिएका हुन्।
 अर्यालले भनेका छन्,‘विपद्को बेला मानवीय सेवा÷सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज–उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूहसहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यसै विज्ञप्तिमार्फत् विशेष आह्वान गर्दछौं,’।

जारी वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्न÷गराउनुहुन रास्वपाले सबैलाई आग्रह पनि गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...
प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

आइतबार राष्ट्रिय सभागृहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का नेता जनार्दन शर्मा र रास्वपा परित्याग गरेका सन्तोष परियार लगाएतका नेता कार्यकर्ताबीचमा पार्टी एकताको...
प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु हुँदै, उपस्थित भए बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार ।
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै...