नेभिगेशन
समाज

विपद्को प्रतिकार्यमा जुट्न रेपिड एक्सन टिम सहित नेता कार्यकर्तालाई रास्वपाको निर्देशन

काठमडौँ । अविरल वर्षातबाट देशैभर जल उत्पन्न विपद् जोखिम बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रेपिड एक्सन टिमलगायत नेता–कार्यकर्तालाई प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ। रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले प्रतिकार्यमा जुट्न निर्देशन दिएका हुन्।
 अर्यालले भनेका छन्,‘विपद्को बेला मानवीय सेवा÷सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज–उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूहसहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यसै विज्ञप्तिमार्फत् विशेष आह्वान गर्दछौं,’।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जारी वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्न÷गराउनुहुन रास्वपाले सबैलाई आग्रह पनि गरेको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?