नेभिगेशन
समाज

देशभर सवारी आवागमन प्रवाभित, यी १० राजमार्गमा अवरोध (सूचिसहित)

काठमाडौँ । लगातारको वर्षाले देशभरिको सवारी आवागमन प्रभावित भएको छ । लामो दूरी र काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन सञ्चालनमा २० गतेसम्म रोक लगाइएको छ भने अन्य १० राजमार्ग तथा सडकमा बन्द तथा होल्डमा राखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था यस्तो छः

Ncell
Extreme Energy
  1. काठमाण्डौबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारी साधन होल्ड 

  2. धादिङ बेनिघाट रोराङ गापा १० जवाङखोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध

  3. काभ्रेको बिपी र अरनिको राजमार्गमा अविरल बर्षातको कारणले धुलिखेल देखि प्रहरी चौकी दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुबैतर्फी सवारी साधन अनिश्चित समयको लागी होल्ड

  4. रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । रसुवा गोसाइकुण्ड गापा वडा नं२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द ।

  5. रसुवा गोसाईकुण्ड गापा वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरोका कारण बाटो अबरुद्ध

  6. संखुवासभा भोटखोला गापा४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको । बर्षातको अवधिभर सुचारु हुन नसक्ने ।

  7.  संखुवासभा मकालु गापा३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्णरुपमा अवरुद्ध

  8. संखुवासभा मकालु गापा ३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रूपमा अवरोध ।

  9.  मिति २०८२र०६र१६ गते बिहिबार देखि २१ गते मंगलबारसम्म साँझ १७स्०० बजेदेखि बिहान ०५ः०० बजेसम्म बिपी राजमार्ग पूर्णरुपमा बन्द रहने ।

  10. भोटकोशी गापावडा नं४ चारकिलो स्थित अरनिको राजमार्गमा २ मिटर सडक भासिन गई सडक अवरुद्ध 

557623071_1119245693671286_2826860904018187282_n-1759558816.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।