नेभिगेशन
मुख्य समाचार

देशभर सवारी आवागमन प्रवाभित, यी १० राजमार्गमा अवरोध (सूचिसहित)

काठमाडौँ । लगातारको वर्षाले देशभरिको सवारी आवागमन प्रभावित भएको छ । लामो दूरी र काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन सञ्चालनमा २० गतेसम्म रोक लगाइएको छ भने अन्य १० राजमार्ग तथा सडकमा बन्द तथा होल्डमा राखिएको छ । 

नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था यस्तो छः

  1. काठमाण्डौबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारी साधन होल्ड 

  2. धादिङ बेनिघाट रोराङ गापा १० जवाङखोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध

  3. काभ्रेको बिपी र अरनिको राजमार्गमा अविरल बर्षातको कारणले धुलिखेल देखि प्रहरी चौकी दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुबैतर्फी सवारी साधन अनिश्चित समयको लागी होल्ड

  4. रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । रसुवा गोसाइकुण्ड गापा वडा नं२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द ।

  5. रसुवा गोसाईकुण्ड गापा वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरोका कारण बाटो अबरुद्ध

  6. संखुवासभा भोटखोला गापा४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको । बर्षातको अवधिभर सुचारु हुन नसक्ने ।

  7.  संखुवासभा मकालु गापा३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्णरुपमा अवरुद्ध

  8. संखुवासभा मकालु गापा ३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रूपमा अवरोध ।

  9.  मिति २०८२र०६र१६ गते बिहिबार देखि २१ गते मंगलबारसम्म साँझ १७स्०० बजेदेखि बिहान ०५ः०० बजेसम्म बिपी राजमार्ग पूर्णरुपमा बन्द रहने ।

  10. भोटकोशी गापावडा नं४ चारकिलो स्थित अरनिको राजमार्गमा २ मिटर सडक भासिन गई सडक अवरुद्ध 

557623071_1119245693671286_2826860904018187282_n-1759558816.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...
प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

आइतबार राष्ट्रिय सभागृहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का नेता जनार्दन शर्मा र रास्वपा परित्याग गरेका सन्तोष परियार लगाएतका नेता कार्यकर्ताबीचमा पार्टी एकताको...
प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु हुँदै, उपस्थित भए बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार ।