नेभिगेशन
समाज

बढि डुवान हुने क्षेत्रमा विपद् प्रतिकार्यका लागि टिम तयारी अवस्था छः कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको जानकारी दिए । 

Ncell
Extreme Energy

शनिबार रातीदेखि आइतबार बिहानसम्म उपत्यका लगाएतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदि किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उहाले विपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको बताए । बाढि र पहिरोका कारण भौतिक संरचनालाई धेरै क्षति हुन नदिने गरि व्यवस्थापन गरिएको उनले बताए । उनले राजमार्गमा कुनै समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिइएको उल्लेख गरे । बढि डुवान हुने क्षेत्रमा पनि विपद् प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । 

उनले नदि किनारमा रहेका आयोजनाका सामाग्रीलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताए । बिपद् व्यवस्थापनका लागि मन्त्री घिसिङले सडक, सिंचाई र मौसम विभागका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि आइतबार बिहानसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबारबाट मौसम क्रमश सुधार हुँदै जाने बिभागले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...
तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको...
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

भर्खरै