नेभिगेशन
मुख्य समाचार

तमोरमा भएको बोलेर दुर्घटनामा ४ को मृत्यु, ६ जना घाइते

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडामा शनिबार दिउँसो भएको बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो तमोर करिडोरबाट ५ सय मिटर खसेको छ । मृतक ४ जनाको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिसकुमार कर्णले जानकारी दिए। दुर्घटनामा अन्य यात्रु हराएका हुन सक्ने आशंकामा खोजी कार्य  जारी राखेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...
प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु

आइतबार राष्ट्रिय सभागृहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का नेता जनार्दन शर्मा र रास्वपा परित्याग गरेका सन्तोष परियार लगाएतका नेता कार्यकर्ताबीचमा पार्टी एकताको...
प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा (तस्विरहरु)

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा सुरु हुँदै, उपस्थित भए बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार ।
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै...