नेभिगेशन
मुख्य समाचार

भोलि र पर्सी सार्वजनिक विदा दिने निर्णय

काठमाडौँ । सरकारले यही असोज १९ र २० गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो । 

Dish home
City Express

मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गृह मन्त्रालयको ८ बुँदे परिपत्रः अलपत्र परेकालाई खानपानको व्यवस्थापन देखि हेलिकप्टरबाट उद्धारको तयारीसम्म

गृह मन्त्रालयको ८ बुँदे परिपत्रः अलपत्र परेकालाई खानपानको व्यवस्थापन देखि हेलिकप्टरबाट उद्धारको तयारीसम्म

मनसुनजन्य विपदको न्यूनीकरण तथा उद्धार कार्यको सहजीकरण तथा प्रभावकारी बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे परिपत्र गरेको छ ।
कुन ठाउँमा कति पर्यो पानी ?

कुन ठाउँमा कति पर्यो पानी ?

विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा...