नेभिगेशन
समाज

गृह मन्त्रालयको ८ बुँदे परिपत्रः अलपत्र परेकालाई खानपानको व्यवस्थापन देखि हेलिकप्टरबाट उद्धारको तयारीसम्म

काठमाडौँ । मनसुनजन्य विपदको न्यूनीकरण तथा उद्धार कार्यको सहजीकरण तथा प्रभावकारी बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे परिपत्र गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहले असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनमा रोक लगाइएपछि त्यसको अनुगमन र निगरानी गर्न भनेको छ । 

Ncell
Extreme Energy

त्यस्तै राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरेर गन्तव्यमा पुर्‍याउन सहजीकरण गर्न विभिन्न स्थानीय तह तथा संघसंस्थाहरूसँग समन्वय गरी खानपानको व्यवस्थापनका लागि समन्वय गर्न भनिएको छ ।

यस्तै राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने भनिएको छ।

साथै बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूको हकमा नजिकको बर्थिङ सेन्टरम्म पुर्‍याउने अवस्था मिलाउन भनिएको छ।

त्यस्तै बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ।

मौसमका कारण उडान स्थागित भएर विमानस्थलबाट फर्केका यात्रुहरूलाई पनि यातायात व्यवसायीसँग समन्वय गर्न अनुरोध गरिएको छ।

त्यसैगरी बाढीपहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न पनि प्रशासन कार्यालयलाई भनिएको छ।

सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था गर्न पनि भनिएको छ।

यी सबै कामको प्रगति विवरण विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन भनिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।