नेभिगेशन
मुख्य समाचार

गृह मन्त्रालयको ८ बुँदे परिपत्रः अलपत्र परेकालाई खानपानको व्यवस्थापन देखि हेलिकप्टरबाट उद्धारको तयारीसम्म

काठमाडौँ । मनसुनजन्य विपदको न्यूनीकरण तथा उद्धार कार्यको सहजीकरण तथा प्रभावकारी बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे परिपत्र गरेको छ । 

गृहले असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनमा रोक लगाइएपछि त्यसको अनुगमन र निगरानी गर्न भनेको छ । 

Dish home
City Express

त्यस्तै राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरेर गन्तव्यमा पुर्‍याउन सहजीकरण गर्न विभिन्न स्थानीय तह तथा संघसंस्थाहरूसँग समन्वय गरी खानपानको व्यवस्थापनका लागि समन्वय गर्न भनिएको छ ।

यस्तै राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने भनिएको छ।

साथै बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूको हकमा नजिकको बर्थिङ सेन्टरम्म पुर्‍याउने अवस्था मिलाउन भनिएको छ।

त्यस्तै बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ।

मौसमका कारण उडान स्थागित भएर विमानस्थलबाट फर्केका यात्रुहरूलाई पनि यातायात व्यवसायीसँग समन्वय गर्न अनुरोध गरिएको छ।

त्यसैगरी बाढीपहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न पनि प्रशासन कार्यालयलाई भनिएको छ।

सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था गर्न पनि भनिएको छ।

यी सबै कामको प्रगति विवरण विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन भनिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आरीघोप्टे वर्षाले संकटमा देश, टरेको छैन विध्वंश

आरीघोप्टे वर्षाले संकटमा देश, टरेको छैन विध्वंश

आरीघोप्टे वर्षाले संकटमा देश, टरेको छैन विध्वंश
राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना...