नेभिगेशन
समाज

भारी वर्षापछी इलाममा पहिराः २ को मृत्यु, १५ जना बेपत्ता

इलाम । शनिवार साँझबाट आएको अविरल वर्षाले इलाम ठुलो जनधनको क्षती पुर्याएको छ । विस्तृत विवरण आउने क्रममा रहेपनि पहिरोले घर पुर्दा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएको जिल्ला प्रसाशन कार्यालयले इलामले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । २ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । 
यस्तै घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा परेर बेपत्ता भएका छन् । 
यस्तै इलामको मांसेबुंग गाउँपालिका वडा नम्बर १ पहिरोले घर पुर्दा ५ जना बेपत्ता भएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् ।
 इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बेपत्ता र मृतकको आधिकारिक सङ्ख्या आई नसकेको बताइन् । सूचना प्राप्त भएका ठाउँमा प्रहरी टोले पुगेर उद्धार जारी राखेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।