नेभिगेशन
मुख्य समाचार

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

बरहथवा (सर्लाही)। सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । 
    
लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन् । 
    
जल मापन स्टेसनको तथ्याङ्कअनुसार जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१५.४ मिलिमिटर वर्षा मापन भएको छ । योसँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँकेलगायत खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
    
यस्तै पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवैतर्फको च्यानल नहर बन्द गरेर पानी खोलातर्फ खोलिएको हो । रौतहटको पधेरेदोभानस्थित बागमती खोलामा रहेको जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ । 
    
यस स्टेसनको मापन तहअनुसार ६ मिटर सतह खतराको सूचक हो भने, ६.८ मिटर खतरा तह मान्ने गरिएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले खतरा तहसम्मै पुग्ने जोखिम रहेको आयोजनाका इन्जिनियर चौधरीले जानकारी दिनुभयो ।  उहाँका अनुसार पानीले खतरा तह पार गरेपछि खोलाको ड्यामलगायतको संरचनामा क्षति पुग्न सक्ने जोखिम रहन्छ । त्यसो भएमा बागमती ब्यारेजमा समेत क्षति पुग्ने भएकाले सिँचाइ आयोजनाले केही माथि रहेको सेफ्टी ड्याम फुटाएर बागमती सिँचाइ आयोजनाको ब्यारेज सुरक्षित गर्ने गरी उपकरणहरू तयारी अवस्थामा राखेको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान...
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...