नेभिगेशन
समाज

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । 
दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनको भनाइ छ । तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे । 

Ncell
Extreme Energy

विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।