नेभिगेशन
मुख्य समाचार

अविरल वर्षातको प्रभावः प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ  नदीले खतराको तह पार गरेका छन् ।  जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् । 

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरुमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ । उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ । 

Dish home
City Express

यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ । जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ । ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छभने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारी, धेरै भारी र अति भारी वर्षा भनेको कति वर्षा हो ? यस्तो छ मापन

भारी, धेरै भारी र अति भारी वर्षा भनेको कति वर्षा हो ? यस्तो छ मापन

विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको अवस्थालाई हल्का वर्षाको रुपमा परिभाषित गर्ने गरिएको छ । दश मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनेर...
पाँचथर बोलेरो दुर्घटनाः ज्यान गुमाउने ६ जनाको पहिचान खुल्यो

पाँचथर बोलेरो दुर्घटनाः ज्यान गुमाउने ६ जनाको पहिचान खुल्यो

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा मोरङको उर्लाबारी नगरपालिका–८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ की २९ वर्षीया युना...
भीषण वर्षापछि इलाममा ठुलो मानविय क्षती: १८ जनाको मृत्यु, अधिकांस ग्रामीण सडक अवरुद्ध

भीषण वर्षापछि इलाममा ठुलो मानविय क्षती: १८ जनाको मृत्यु, अधिकांस ग्रामीण सडक अवरुद्ध

प्रहरीका अनुसार सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको छ भने माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २...
त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडान सुचारु

त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडान सुचारु

विमानस्थल कार्यालयका अनुसार नेपालगन्ज, भद्रपुरमा,पोखरा र सुर्खेतमा हवाई उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित भएको छ ।