नेभिगेशन
मुख्य समाचार
इलाम पहिरो अपडेट

भीषण वर्षापछि इलाममा ठुलो मानविय क्षती: १८ जनाको मृत्यु, अधिकांस ग्रामीण सडक अवरुद्ध

इलाम । भीषण वर्षासँगै इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परि कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
आइतबार बिहानसम्म ६ ठाउँमा गएको पहिरोमा पुरिएर कम्तीमा १८ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए । 

प्रहरीका अनुसार सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको छ भने माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।

यस्तै, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको प्ररीले जनाएको छ । 
अझै पहिरो गएका भनिएका केहि ठाउँमा सुरक्षाकर्मीको टोली पुग्ने क्रममा रहेकाले घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अहिले नेपाल प्रहरी सहित सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार तथा राहतमा लागेका छन् । अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा उद्धारमा थप समस्या भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान...
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...