नेभिगेशन
समाज
इलाम पहिरो अपडेट

भीषण वर्षापछि इलाममा ठुलो मानविय क्षती: १८ जनाको मृत्यु, अधिकांस ग्रामीण सडक अवरुद्ध

इलाम । भीषण वर्षासँगै इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परि कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
आइतबार बिहानसम्म ६ ठाउँमा गएको पहिरोमा पुरिएर कम्तीमा १८ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको छ भने माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।

Ncell
Extreme Energy

यस्तै, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको प्ररीले जनाएको छ । 
अझै पहिरो गएका भनिएका केहि ठाउँमा सुरक्षाकर्मीको टोली पुग्ने क्रममा रहेकाले घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अहिले नेपाल प्रहरी सहित सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार तथा राहतमा लागेका छन् । अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा उद्धारमा थप समस्या भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।